नियम १०७क
विवरण पेश गर्नु पर्ने
:  (१) कुनै सशस्त्र प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले यो नियम प्रारम्भ हुनु अघि स्थायी आवासीय अनुमति लिएको भएमा यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र र यो नियम प्रारम्भ भए पछि त्यस्तो अनुमति लिएमा अनुमति लिएको तीस दिनभित्र सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीले आफू कार्यरत कार्यालयमा देहाय बमोजिमको विवरण पेश गर्नु पर्नेछ :-
  • आफ्नो नाम, थर, समूह, उपसमूह र हालको पद,
  • पति वा पत्नीले स्थायी आवासीय अनुमति लिएको मिति,
  • सम्बन्धित विदेशी मुलुकको नाम ।
(२) उपनियम (१) बमोजिमको विवरण प्राप्त भएपछि सम्बन्धित सशस्त्र प्रहरी कार्यालयले सो विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र प्रधान कार्यालयमा पठाउनु पर्नेछ ।